कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई
खबर एक्सप्रेस
२०८१-०२-२७ ०५:३५ मा प्रकाशित
Total Shares: 70
काठमाडौं-उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्ली जाने भएपछि उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गर्नेगरी उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्ड आइतबार दिउँसो दिल्ली प्रस्थान गरिसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस