दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु
खबर एक्सप्रेस
२०७९-०२-१० ११:३६ मा प्रकाशित
Total Shares: 329
काठमाडौं, दोलखा - दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बि.क. रहेका छन् ।
गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री बृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस