काठमाडौं-आज बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।

बढेको भाउसँगै आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। बुधबार चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ।