घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७७-१०-२९ ११:४० मा प्रकाशित
Total Shares: 457
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ४ सयले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार ३१५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस