युरोकपः जर्मनीलाई हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा
काठमाडौैं, एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलमा इंल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा जर्मनीलाई २-० गोल अन्तरले हराउँदै इंल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो । इंल्याण्डलाई जित दिलाउन ह्यारी केन र रहिम स्टर्लिङले एक/एक गोल गरे ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ७५ औं मिनेटमा रहिमले गोल गर्दै इंल्याण्डलाई अग्रता दिलाए । त्यसपछि ८६ औं मिनेटमा केनले गोल गर्दै इंल्याण्डलाई २-० को जित दिलाए ।
अब इंल्याण्डले क्वार्टरफाइनलमा स्विडेन र युक्रेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस