दोलखा - दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भैरहेको छ । विवादका कारण रोकिएको मतदान आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । 

निर्वाचन आयोगले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर- ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

यही मंसिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी आयोगले सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।