काठमाडौं - अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट आज पनि हेर्न नभ्याउनेमा परेको छ ।

५२ संवैधानिक पदाधिकारीविरुद्धको चार वर्षअघि परेको मुद्दा आज पनि हेर्न नभ्याउने सूचीमा परेको हो । उक्त रिटमाथि सुनुवाइका लागि माघ २३ गते पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।