नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा
खबर एक्सप्रेस
२०८१-०३-२० ०८:१८ मा प्रकाशित
Total Shares: 145
काठमाडौं - नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए ।
योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुने छ । त्यसैगरी यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ ।
फेसबुक पेज Like गर्नुहोस