काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भएको  छ ।