सामाजिक सञ्जाल नै बन्द गर्ने डोनाल्ड ट्रम्पको धम्की
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्चाल ट्वीटरले ट्रम्पले गर्ने ट्वीटमा झूठा विषयहरु राखेर भ्रमित गर्न थालेको भन्दै तथ्य–जाँच राखेपछि आक्रोशित बनेका उनले कम्पनी नै बन्द गराइदिने धम्की दिएका हुन् ।ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाउँदै उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
मूलतः ट्वीटर केन्द्रित उनको यो चेतावनीले शासकहरु कतिसम्मको सोच राख्छन् भन्ने पनि देखाएको छ । आफूलाई प्रजातान्त्रिक भन्ने मुलुक अमेरिकाका राष्ट्रपति ट्रम्पले नै आफ्नो चाहना बमोजिम नचलेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की दिएका हुन् ।
आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्वीटरलाई सिएनएन र द वासिङ्गटन पोस्टसँग दाँज्दै राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै गरेको ट्वीटमा, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ’ भनेका थिए । बुधबार झनै आक्रोशित देखिएका उनले दुई ट्वीटरकै प्लेटफर्म प्रयोग गर्दै सामाजिक सञ्जाल ट्वीटरलाई नै आक्रमण गरेका हुन् ।
उनले ट्वीटमा भनेका छन्, ‘रिपब्लिकनहरुलाई लागेको छ कि सामाजिक सञ्जालहरुले कन्जरभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेका छन् । हामीले कडा नियमन गर्ने छौँ वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द गर्ने छौँ ।’उनी भन्छन्, ‘सन् २०१६ मा उनीहरुले के गर्न खोजे भन्ने हामीले देखेकै हो तर उनीहरु असफल भए । त्यस्तो पुनः हुन दिँदैनौँ । जस्तो कि हामीले बिस्तारित स्तरमा हुलाक मार्फत मतदान गर्ने व्यवस्था पनि हुन दिने छैनौँ ।’
फेसबुक पेज Like गर्नुहोस