काठमाडौं - नेपालमा अत्यावश्यकीय औषधिहरुको अभाव नरहेको औषधि व्यवस्था विभागले जनाएको छ ।

तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाई छ ।

अहिले देशका कुनैपनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए।

नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउनेक्रममा केही ढिला हुँदा समस्या देखिएपनि अभावको अवस्था नभएको उहाँको भनाई छ ।

महानिर्देशक ढकालले कोरोना भाइरसविरुद्ध नेपालमा प्लाज्मा थेरापीका लागि अनुमति दिइएको बताए ।

आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उनले रगतको प्लाज्मा निकालेर गम्भिर अवस्थाका विरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताए ।