एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु, उद्घाटनमा काठमान्डु र जनकपुर खेल्दै
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेल आज दिउँसो ४ बजे अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा हुनेछ । यसपटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । फाइनल खेल मङ्सिर २७ गते शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी, उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुनेले २५ लाख रुपैयाँ तथा चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउनेछ । जुन अघिल्लो सिजनकै पुरस्कार रकम बराबर हो ।
यसैबीच क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस