माधव नेपाल भीम रावल निवास पुगे
खबर एक्सप्रेस
२०७८-०४-०६ ०६:१६ मा प्रकाशित
Total Shares: 1719
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलबीच भेट भएको छ । प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका रावललाई भेट्नको लागि नेता नेपाल रावल निवास टोखा पुगेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिने बेला साउन ३ गते रावलले सांसद पदबाटै राजीनामा दिएका थिए । त्यसपछि उनी माधव नेपाल समूहको बैठकमा अनुपस्थित हुँदै आएका थिए ।
रावलसँग कुराकानी हुन छोडेपछि नेपाल रावललाई भेट्नको लागि टोखा पुगेका हुन् । नेपालले राजीनामाका सम्बन्धमा अझै पनि पुनर्विचार गर्न मिल्ने सुझाव रावललाई दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस