लुकाकु चेल्सीमा अनुबन्ध हुने सम्भावना
खबर एक्सप्रेस
२०७८-०२-१७ ०३:४८ मा प्रकाशित
Total Shares: 248
काठमाडौं,एजेन्सी - यस सिजन इन्टर मिलानलाई सिरी ए को उपाधि जिताउन विशेष भुमिका खेलेका रोमेलु लुकाकुलाई चेल्सीले अनुबन्ध गर्ने चासो देखाएका छन् ।
प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छोडेसँगै उनले पनि क्लब छोड्ने मनस्थिति बनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यस सिजन च्याम्पियन्स लिगको उपाधि जितेको नयाँ चेल्सी फरवार्डको खोजीमा रहेको छ ।
ओलिभर जिरोर्डले क्लब छोड्ने भएपछि उनलाई विकल्पको रुपमा हेरिएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस