भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर
खबर एक्सप्रेस
२०७७-०४-२९ १०:४५ मा प्रकाशित
Total Shares: 292
काठमाडौं – भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ ।
शल्यक्रिया पश्चात् आजसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको उनको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।
उनी गएको साउन २६ गतेदेखि दिल्लीको आर्मी आरआर अस्पतालमा उपचाररत छन् । उनको अवस्था थप चिन्ताजनक बन्दै गएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अवस्था चिन्ताजनक भएपछि बचाउनका लागि मुखर्जीको मस्तिष्क शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस