पोखराबाट लागु औषधसहित एक जना पुरुष पक्राउ
खबर एक्सप्रेस
२०७७-०९-०१ ०५:२८ मा प्रकाशित
Total Shares: 480
काठमाडौं - पोखराबाट लागु औषधसहित एक जना पुरुष पक्राउ परेका छन् । नशालु औषधी डाईजेपाम, फेनारगन र बुप्रिनर्फिनसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–८ घर भएका अशोक वाचे मगर रहेका छन् । ३० वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले न्यूरोडबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले १ सय एम्पुल डाईजेपाम, १ सय एम्पुल फेनारगन र सोही परिमाणमा बुप्रिनर्फिन बरामद गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस