विद्युत प्राधिकरणका सञ्चालकद्धय आचार्य र पुनलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश
खबर एक्सप्रेस
२०८१-०४-२४ ०७:३८ मा प्रकाशित
Total Shares: 88
काठमाडौं - सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई नहटाउन अन्तरिम आदेश दिएको छ।
सर्वोच्चले प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
साउन १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेकपा एकीकृत समाजवादी कोटाका आचार्य र नेकपा माओवादी केन्द्र कोटामा नियुक्त भएका पुनलाई पदबाट हटाएका थिए।
उनीहरूलाई हटाएर सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त भएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस