आज पनि घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७७-११-०२ ११:३१ मा प्रकाशित
Total Shares: 346
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा १ सयले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार ३ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस