अहिलेसम्मको चुनावमध्ये मेरा लागि गोरखा सहज : प्रचण्ड
खबर एक्सप्रेस
२०७९-०७-१३ ०२:१० मा प्रकाशित
Total Shares: 293
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेसम्मको चुनावमध्ये आफ्ना लागि गोरखा सहज भएको बताएका छन् ।
आज बिहान भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ अन्तरक्रियामा उनले गोरखामा आनन्द महसुस गरेको पनि बताएका हुन् ।
उनले एउटा निश्चित सपना बोकेर आफु गोरखा आएको पनि बताए । राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति नलिँदा परिवर्तनको औचित्य सिद्ध गर्ने प्रयास भनेजसरी नभएको भन्दै उनले सोही कारण आफु आएको बताए ।
उनले गठबन्धनभित्र दरिलो एकता भएको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस