काठमाडौं - गत असोज १५ गते एक महिलालाई जर्बजस्ती करणी गरी भागेको आरोप लागेका अर्का एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको जुगल गाँउपालिका– ४ काल २४ वर्षीय कैलाश भनिने रोहन नेपाली पक्राउ परेका हुन् ।
४ जना व्यक्तिले जुगल गाँउपालिकाकै एक ३२ वर्षीय महिलामाथि सामुहिक बलात्कार र लुटपाट गरी भागेका थिए। उनीहरूमध्ये जुगल गाँउपालिका– ५, बराम्चीका सुन्दर भन्ने वर्ष २३ को रञ्जित श्रेष्ठ र जुगल– ४, पाङताङका वर्ष २८ का विकास सिलवाल सोही समयमा पक्राउ परिसकेका छन्।
नेपालीलाई प्रहरीले आइतबार महानगरीय अपराध महाशाखाको समन्वयमा काठमाडौँको कलंकीमा पक्राउ गरेको हो।
उनीहरू सबैलाई अदालतमा दाखिला गरि आवश्यक कारबाहीको लागि प्रकृया अगाडी बढाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। अर्का एक आरोपीको खोजी कार्य भइरहेको उनले जानकारी दिए।

.gif)


