सार्वजनिक सवारी सञ्चालन गर्न व्यवसायी र मजदूर तयार
खबर एक्सप्रेस
२०७७-०४-०५ ०७:०२ मा प्रकाशित
Total Shares: 504
काठमाडौं - सार्वजनिक सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायी र मजदूर तयार भएका छन् ।
सोमबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीचको वार्तापछि सवारीसाधन सञ्चालन गर्ने सहमति भएको हो ।
बैठकले भोलि पत्रकार सम्मेलन गरेर औपचारिक रुपमै व्यवसायीहरुले यातायात सञ्चालनको घोषणा गर्ने तयारी गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस