नेपाल प्रिमियर लिग: आज चितवन र काठमाण्डू तथा कर्णाली र विराटनगर खेल्दै
खबर एक्सप्रेस
२०८२-०८-१३ ०७:१३ मा प्रकाशित
Total Shares: 39
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः ४५ चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ । चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। काठमाण्डूले खेलमा दुई अङ्क मात्र बटुलेको छ ।
दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।
तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस