सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी : कम्तिमा १८ जना बेपत्ता, २ शव फेला
चौतारा - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु भन्ने स्थानमा अविरल वर्षाको कारण आएको बाढीले बस्ति नै बगाएको छ । दुई जनाको शव भेटिएको छ भने १८ जना बेपत्ता रहेका छन् ।
स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीय बासिन्दाले भेटेका छन्। अरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् ।
बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।
भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस