काठमाडौं - नेकपाले बिहीबार घोषणा गरेको आम हड्ताल कार्यान्वयन गराउन काठमाडौंको ११ प्रमुख स्थानका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । प्रचण्ड-नेपाल पक्षका स्थायी समितिका सदस्यहरुलाई हड्ताल कार्यान्वयन गराउन जिम्मेवारी तोकिएको हो ।

बिहिबार बिहानदेखि सुरु हुने हड्तालमा यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने बताइएको छ भने अत्यावश्यक सेवा भने बन्द नगर्ने नेकपा केन्द्रीय संघर्ष समितिले बताएको छ ।

अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधि, विद्यार्थीहरुको परीक्षा सञ्चालन लगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने समितिले जनाएको छ ।

कुन स्थानको जिम्मा कसलाई ?

कलङ्की चोक - युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

बल्खु - बेदुराम भुसाल

सातदोबाटो - देव गुरुङ

पुल्चोक - पम्फा भुसाल

कोटेश्वर - लीलामणि पोखरेल

चाबहिल - वर्षमान पुन र हरिबोल गजुरेल

नारायणगोपालचोक र महाराजगञ्ज - शक्ति बस्नेत

गोंगबु - भीम रावल

बालाजु - रघुजी पन्त

रत्नपार्क - नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मा

संघर्ष समितिले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आमहड्तालको घोषणा गरेको हो ।