आम हड्ताल कार्यान्वयन गराउन काठमाडौंका ११ स्थानमा यी नेतालाई दिइयो जिम्मेवारी
काठमाडौं - नेकपाले बिहीबार घोषणा गरेको आम हड्ताल कार्यान्वयन गराउन काठमाडौंको ११ प्रमुख स्थानका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । प्रचण्ड-नेपाल पक्षका स्थायी समितिका सदस्यहरुलाई हड्ताल कार्यान्वयन गराउन जिम्मेवारी तोकिएको हो ।
बिहिबार बिहानदेखि सुरु हुने हड्तालमा यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने बताइएको छ भने अत्यावश्यक सेवा भने बन्द नगर्ने नेकपा केन्द्रीय संघर्ष समितिले बताएको छ ।
अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधि, विद्यार्थीहरुको परीक्षा सञ्चालन लगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने समितिले जनाएको छ ।
कुन स्थानको जिम्मा कसलाई ?
कलङ्की चोक - युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
बल्खु - बेदुराम भुसाल
सातदोबाटो - देव गुरुङ
पुल्चोक - पम्फा भुसाल
कोटेश्वर - लीलामणि पोखरेल
चाबहिल - वर्षमान पुन र हरिबोल गजुरेल
नारायणगोपालचोक र महाराजगञ्ज - शक्ति बस्नेत
गोंगबु - भीम रावल
बालाजु - रघुजी पन्त
रत्नपार्क - नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मा
संघर्ष समितिले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आमहड्तालको घोषणा गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस