कोपा अमेरिका : सेमिफाइनल समीकरण पूरा, को-को भिड्दै ?
खबर एक्सप्रेस
२०७८-०३-२० ०१:५१ मा प्रकाशित
Total Shares: 279
काठमाडौं,एजेन्सी - जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
क्वाटरफाइनल अन्तर्गत आइतबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
यस संकरणमा साविक विजेता ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् । अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ भने ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनल तालिका :
मंगलबार बिहान ४:४५ बजे - ब्राजिलविरुद्ध पेरु
बुधबार बिहान ६:४५ बजे - अर्जेन्टिनाविरुद्ध कोलम्बिया

.gif)



फेसबुक पेज Like गर्नुहोस