काठमाडौं - भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

यहाँका सरकारी अधिकारीका अनुसार मंगलबार भन्दा बुधबार ज्यान गुमाउनेको संख्या घटेको हो । बुधबार भारतमा ३६ जनाको मृत्यु भएको छ । जबकी मंगलबार एकैदिन ५३ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोनाबाट भारतमा ६ सय ८१ जनाकोमृत्यु भएको छ भने २१ हजार संक्रमित भएका छन् । भारत कोरोनाबाट दक्षिण एसियाकै सबैभन्दा प्रभावित देश हो ।