काठमाडौं  - मोरङमा काेरोना संक्रमितको सङ्ख्या बढदै गएपछि मोरङमा मास्क नलगाई हिड्नेलाई १ महिना कैद गरिने नियम ल्याइएको हो ।

काेरोना संकट ब्यवस्थापन केन्द्र मोरङको बैठकले घरबाहिर निस्किँदा मास्क, सेनिटाइजर र पञ्जा अनिवार्य गरेको छ भने बाहिरबाट घर फर्केपछि अनिवार्यरुपमा साबुनपानीले हात धुन र नुहाउन समेत आग्रह गरेको छ । संक्रमितको सङ्ख्या बढ्दै गएपछि मास्क अनिवार्य गरिएको हो ।

यो नियम उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० अन्तर्गत एक महिना कैद सजाय वा १०० रुपैयाँ जरिवाना गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।