ललितपुर -  पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना स‌ंक्रमित पुरुष मृत्यु भएको छ।

कोरोना संक्रमण देखिएपछि  साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष काठमाडौंका हुन् ।