प्रतिनिधिसभाको बैठक बस्दै
खबर एक्सप्रेस
२०७८-११-०६ १०:१७ मा प्रकाशित
Total Shares: 220
काठमाडौं - आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यस्तै सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज बस्ने बैठकका निकै पेचिलो बनेको एमसीसी टेबुल हुन्छ वा हुँदैन निकै चासोका साथ हेरिएको छ ।
सत्तारुढ नेपाली काँग्रेस जसरी पनि आज एमसीसी संसदमा टेबुल गर्ने अडानमा रहेको छ । तर, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी भने एमसीसीको विपक्षमा उभिँदै आइरहेका छन् ।
सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटाउने प्रयास भने जारी रहेको छ । आज १० बजे बस्ने सत्ता गठबन्धनको बैठकले एमसीसीबारे ठोस निर्णय लिन सक्ने अनुमान पनि गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस