काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।

स्रोतका अनुसार सबै पक्षलाई मिलाएर सहमतिमा पुग्ने प्रयास भइरहेका बेला सहमतिमा हस्ताक्षर हुनुअघि कुलमान र बालेनबीच प्रत्यक्ष छलफल गर्ने तयारी भएको हो ।

यसैक्रममा शुक्रबार राति बालेन शाह गोदावरीमा आफ्ना सल्लाहकार कुमार बेन, भुपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग छलफलमा बसेका थिए ।

उक्त भेटलाई सम्भावित राजनीतिक सहकार्य र भावी रणनीतिका रूपमा हेरिएको छ।