राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७८-१०-०४ ०७:२० मा प्रकाशित
Total Shares: 154
काठमाडौं - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना पुष्टि भएको हो ।
उनको स्वास्थ्यवस्था सामान्य रहेको र बालुवाटरस्थित सरकारी निवमासमा होम आइसोलेसनमा रहेको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै उनी केही दिन आइसोलेशनमै रहने सचिवालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस