काठमाडौं, एजेन्सी - साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा सुखद सुरुवात गरेको छ ।

मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।

जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।

डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यो नै फ्रान्सका लागि जित पर्याप्त भयो ।

बल पोसेसनमा पकड जमाएको जर्मनी फिनिसिङमा भने चुक्यो । हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक समूह चरणको आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

जितसँगै फ्रान्सले महत्वपूर्ण ३ अंक जोडेको छ  । फ्रान्स समूहको दोस्रो स्थानमा रहेको छ  । पोर्चुगल शीर्ष स्थानमा रहेको छ । जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा रहेको छ