काठमाडौं - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि अध्यक्ष केपी शर्मा ओलीलेआकस्मिक बैठक बोलाएका थिए ।

जारी बैठकमा बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ । नेम्वाङको गए राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।