काठमाडौं, कैलाली - बाघको आक्रमणमा परी कैलालीमा एक महिलाको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका-५ बस्ने २६ वर्षीया कला धामीको बाघको आक्रमणमा परी आइतबार दिउँसो मृत्यु भएको हो ।

सोही ठाउँस्थित पुष्पाञ्जली सामुदायिक वनमा स्याउला काट्न गएको अवस्थामा बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा सोही वनमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ