काठमाडौं - नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि एमालेले सांसदहरूलाई प्रशिक्षण दिएको हो।

प्रतिनिधिसभा, राष्ट्रियसभा तथा बिभिन्न प्रदेशका प्रदेशसभा सांसदहरू काठमाडौँमा भेला भई प्रशिक्षणमा सहभागी भएका हुन्। अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतले प्रशिक्षण दिएका हुन्।

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन्।