काठमाडौं - कर्णाली प्रदेशमा आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत प्रदेश अस्पताल/पशुपन्छि रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल, दैलेखमा गरिएको परिक्षणमा दैलेखका १२ जना, काठमाडौँका ३ जना, सुर्खेत, जाजरकोट र बाँकेको २/२ जना रहेका छन् । यस्तै, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक, र सल्यानका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३४४ पुगेको छ । जसमा २ हजार २५ जना उपचारपछि निको भैसकेका छन् । यस्तै, प्रदेशमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।