कालिमाटी तरकारी बजार बन्द
खबर एक्सप्रेस
२०७८-०१-२८ ०१:४५ मा प्रकाशित
Total Shares: 653
काठमाडौं - कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। कोरोना महामारीको जोखिम न्यूनिकरणका लागि बजार बन्द गर्न लागिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिले मंगलबार एक सूचना निकालेर आजैदेखि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने जनाएको छ । तर, थोक बजार र खुद्रा बजार क्रमश: बुधबार र बिहीबारदेखि बन्द हुने छ।
यस्तै, थोक बजारमा प्याकेजिङ गरेर भने बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न आग्रह गरिहेको छ।
फेसबुक पेज Like गर्नुहोस