२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संंख्या २५७ पुग्यो
खबर एक्सप्रेस
२०७७-०५-१८ ०४:४७ मा प्रकाशित
Total Shares: 303
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ४० वर्षीया, भक्तपुरका ४० वर्षीया, रुपन्देहीका ७७ वर्षीया, तनहुँका ९२ वर्षीया महिलाहरु रहेका छन् ।
त्यसैगरी सिन्धुपाल्चोक ७७ वर्षीया र रुपन्देहीका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट २५७ जनाको मृत्यु भएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस