भिल्लारियल यूईएफए च्याम्पियन्सकाे नक आउटमा
खबर एक्सप्रेस
२०७८-०८-२४ ०८:११ मा प्रकाशित
Total Shares: 221
काठमाडौं - स्पेनिस क्लब भिल्लारियल यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।
बिहीबार राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा ३-२ अन्तरले पराजित गर्दै भिल्लारियल समूह ‘एफ’ को उपविजेताको रुपमा नक आउटमा स्थान बनाएको हो ।
भिल्लारियलको जितमा अर्नाउट डानजुमादे दुई तथा इटिन कापोइले एक गोल गरे । पराजित एटलान्टाका रुस्लान मालिनोभ्स्की र डुभान जापटाले गोल गरे ।
यसै समूहबाट म्यानचेष्टर युनाईटेडले विजेताको रुपमा अघिल्लो चरणमा स्थान बनायो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस