काठमाडौं - विश्वकै चौथो धनी एवं माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद भएको छ । विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि बिल र उनकी पत्नी मिलिन्डा गेट्स अलग भएका हुन् ।

धेरै प्रयास गर्दा पनि सँगै बस्न नसकिने अवस्था आएको भन्दै दुवैले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको ट्वीटर मार्फत् जानकारी दिएका छन्। ‘धेरै लामो समयसम्मको वैचारिक मन्थन तथा हाम्रो सम्बन्ध सुधारमा धेरै कार्यपछि अन्ततः हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय ग-यौँ’, ट्वीटरमा लेखेका छन्, ‘आगामी दिनहरूमा जोडीका रूपमा सँगै अगाडि बढ्न सकिनेमा हामीलाई विश्वास हुन सकेन।’ सार्वजनिक ट्विटमा उल्लेख छ ।