नेपालमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, २४ घण्टामा २७ जनाको मृत्यु
काठमाडौं - आज कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।
यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा २७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ छन्।
गत २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस