काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।