उपत्यकामा थप ४१४ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०५-१२ ०४:३८ मा प्रकाशित
Total Shares: 272
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१४ जनामा कोरोन संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५०, भक्तपुरमा ५३ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण भएको हो।
त्यस्तै देशभर ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५७ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए ।
हालसम्म सबैभन्दा बढी एक दिनमा बिहीबार एक हजार १११ कोरोना संक्रमित देखिएका थिए । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ५८ हजार ११० जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ५७३ जना र होम आइसोलेसनमा ६ हजार ४४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९३९ जना क्वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १५ जना र प्रदेश १ मा दुईजना भेन्टिलेटरमा रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस