काठमाडौं - शेयर बजार लगानीकर्ताका संघहरुको छाता समूह ‘पुँजी बजार सृदृढिकरण बृहत कार्यदल’ ले लगानीकर्ताहरुलाई संयमित भएर कारोबार गर्न अपिल गरेको छ । एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरुलाई अत्यवाश्यक परेमा मात्रै शेयर बिक्रि नगर्न समेत आग्रह गरेको छ । 

विज्ञप्तिमा भनिएको छ,‘संकट समाधानका लागि लगानीकर्ताहरुको तर्फबाट पटक पटक पहल हुँदा समेत सरकार र सम्बद्ध पक्षबाट सम्बोधन नभएकाले करिब ४५ खर्ब पुगेको शेयरबजारले करिब १२ खर्ब गुमाई सकेको छ र सरकारको अर्बौँ राजस्व गुमेको छ ।

कार्यदलले ५८ बुँदे सुझाव दिए पनि अधिकांश सुझावहरु अझै कार्यान्वयन नभएको र कार्यान्वयनका लागि माग गरेको विज्ञप्तिमा उल्लेख छ ।