सहकारी ठगीमा दोषी देखिए धनराज गुरुङमाथि कारबाही हुन्छ : विश्वप्रकाश शर्मा
खबर एक्सप्रेस
२०८१-०८-०९ ०७:११ मा प्रकाशित
Total Shares: 85
सिरहा - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको बताएका छन् ।
लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् । उनले अनुसन्धानमा दोषी देखिए गुरुङमाथि कारबाही हुने बताए ।
कुनै पनि घटनामा अनुसन्धानका क्रममा पक्राउ पर्नु सामान्य विषय भएको भन्दै उनले कुनै पनि कांग्रेस नेता पक्राउ पर्दा आन्दोलन नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
अनुसन्धानका क्रममा सबै पार्टीका नेताहरू विगतमा पक्राउ परेको र यसमा होहल्ला गर्न नहुने उनको भनाइ छ । मितेरी सहकारीको रकम हिनामिनामा प्रकरणमा मुछिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस