झापा गोलीकाण्ड: छानबिनका लागि समिति गठन
खबर एक्सप्रेस
२०७७-०५-११ ०९:४० मा प्रकाशित
Total Shares: 687
काठमाडौं - झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । गृहमन्त्रालयको निर्देशनपछि जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् । समितिले दुईसाताभित्र प्रतिवेदन बुझाउने बताइएको छ ।
बुधबार जिल्लाको झापा गाउँपालिका ३ का कामाटोलमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस