काठमाडौं - नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रम मार्फत जनवादी समाजवादीमा समाहित भएको हो ।

एकताको संयोजन गरेका नेकपा एसका महासचिव बेदुराम भुसालले पार्टी रुपान्तरण र पुर्नगठनको अभियान स्वरुप पार्टी एकिकरण भएको बताए ।

तत्कालिन जनयुद्धरत माओवादीको चुनवाङ बैठकबाट बिद्रोह गरि बाहिरिएको डिएस महताको नेतृत्वमा रहेको जनवादी समाजवादीमा मिसिएको हो ।