हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा नदिई भारत गएको खुलासा
खबर एक्सप्रेस
२०८१-०४-२६ ११:५६ मा प्रकाशित
Total Shares: 114
काठमाडौं, एजेन्सी - बंगलादेशबाट भारत शरण लिन पुगेकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई भारत गएको खुलेको छ ।
हसिनाका छोरा सजिव वाजेथ रोयले हसिनाले राजीनामा नदिई भारत गएको खुलासा गरेका हुन् ।
१७ करोड जनसंख्या भएको बंगलादेशमा लगालगत १५ वर्ष सत्ता चलाएकी हसिना ३०० जनाको ज्यान गएको आन्दोलन उग्र भएपछि भारत शरणमा पुगेकी थिइन्।
यसरी भारतमा जाँदा राजीनामा पनि नदिएको सजिवले खुलाएका छन्।
उनले राजीनामा नदिएको कारणले संविधान अनुसार हसिनानै प्रधानमनत्री भएको दाबी गरे ।
यद्यपी बंगलादेशको सेनाले राजीनामा दिएको बताएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस