काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ कोरोना संक्रमित थपिएका छन् ।  जसअनुसार काठमाडौंमा १६९ महिला र ३८६ पुरुष, भक्तपुरमा ३७ महिला  र ४९ पुरुष, ललितपुरमा १६ महिला र १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

सोमबार काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी देशभर ५१२ कोरोना भाइरस संक्रमित थपिएका थिए । 

आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना गरी ५९७ कोरोना संक्रमित थपिएका थपिएका थिए । 

शनिबार काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका थिए ।  पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५९  कोरोना संक्रमित थपिएका छन् ।