पहिरोले तामाकोशी थुनियो, प्रशासन भन्छ: जुनसुकै बेला ठूलो बाढी आउनसक्छ
खबर एक्सप्रेस
२०७८-०३-०५ ०८:३० मा प्रकाशित
Total Shares: 754
काठमाडौं - जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सर्तक अबस्था रहन आग्रह गरेको छ ।
शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सचेत गराएको हो।
प्रशासनले नेपाल–चीन सीमा क्षेत्रको वस्ती तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने भएकाले सजग रहन र कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।


.gif)




फेसबुक पेज Like गर्नुहोस